कारोबार


बंगलादेश र चीनबाट ३ जहाजले आज ल्याउँदै छन् यी स्वास्थ्य सामग्री

बंगलादेश र चीनबाट ३ जहाजले आज ल्याउँदै छन् यी स्वास्थ्य सामग्री

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ६:३,

तीनवटा जहाजमार्फत मंगलबार स्वास्थ्य सामग्री काठमाडौं आउँदै छ।

नेपाल एयरलाइन्सको वाइडबडीले ४ सय अक्सिजन सिलिन्डरसहित हिमालय एयरलायन्सले पनि स्वास्थ्य सामग्री ल्याउनलागेको हो।

चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर लिन नेपाल एयरलायन्सको जहाज सोमबार राति बेइजिङ गएको छ। त्रिभुवन विमानस्थलका अनुसार दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यतालिका रहेको छ।

नेपाल वायुसेवा निगमका फ्लाइट अप्रेसन निर्देशक दीपु ज्वारचनले ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर ल्याइने बताए।

त्यसबाहेक हिमालय एयरलाइन्सले कुनमिङबाट कार्गो सामग्री ल्याएको छ भने ढाकाबाट साँझ ७ बजे स्वास्थ्य सामग्री ल्याउँदै छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार नेपालस्थित बंगलादेश राजदूतावासका कर्मचारी बोकेर ढाका गए पनि आउँदा कार्गो स्वास्थ्य सामग्री ल्याउनेछ।

हिमालय एयरलाइन्सको अर्को कार्गो उडान साँझ ८ बजे कुनमिङमा हुँदै छ।

त्रिभुवन विमानस्थलका अनुसार ट्रान्जिटको रुपमा दुई उडान हुँदै छन्। टाइरोल एयर एम्बुलेन्स दुवई–काठमाडौं–लखनऊ छ भने कतार एक्जुकेटिभ दोहा–काठमाडौं–मस्को उडान हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad