नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीलाई हवाइ भाडा घटाउन निर्देशन दिएको छ।
प्राधिकरणले कोभिडका बिरामीलाई उद्धार गर्दा थप गरिएको शुल्कमा घटाउन निर्देशन दिएको हो।
प्राधिकरणले आकस्मिक उद्धारमा बढी भाडा लिएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै कोभिड–१९ संक्रमित यात्रु बोक्नुपर्दा जोखिमबापत बढी भाडा लिएको पाइएको जनाएको छ।
‘कोभिड–१९ संक्रमित यात्रु बोक्नुपर्दा भने त्यस्ता यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीहरुको स्वास्थ्य जोखिमबापत अतिरिक्त शुल्क सम्बन्धित हेलिकप्टर कम्पनीहरुले लिँदै आएको पाइएको छ’, प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीलाई निर्देशन दिइसकेको छ।’
त्यस्तै उडानमा बिचौलियामार्फत हुनसक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बर सार्वजनिक गर्न निर्देशन दिइएको छ।
हेलिकप्टर कम्पनीले सामान्य अवस्थाको शुल्कभन्दा १ लख ५० हजारदेखि २ लाखसम्म लिँदै आएको स्वीकार गरेका छन्।
कम्पनीहरुले कोभिड एयरलिफ्टमा कोभिड चेम्बरसहित मेडिकल टिम, अक्सिजन, कर्मचारीको जोखिमका कारण बढी भाडा लिनुपर्ने बाध्यता रहेको बताउँछन्।
प्रतिक्रिया