६५ वर्षका बिल र ५६ वर्षकी मेलिन्डा दुवैले संयुक्त बयान जारी गर्दै आफूहरु २७ वर्षको वैवाहिक सम्बन्ध समाप्त गर्न राजी भएको जानकारी दिएका थिए।
सम्बन्ध–विच्छेदपछि नै बिल गेट्सले मेलिन्डाले पाउनुपर्ने अंश दिएका छन्।
फोर्ब्स म्यागेजिनका अनुसार मेलिन्डाले बिलको स्वामित्व रहेका कम्पनीबाट सेयरहरु प्राप्त गरेपछि उनीपनि अर्बपति बनेका हुन्।
बिलले मेलिन्डालाई २.४ अर्ब अमेरिक डलर बराबरको सेयर ट्रान्सफर गरेको वालस्ट्रिट जर्नलले जनाएको छ।
१३०.४ अर्ब सम्पत्तिका मालिक बिलले श्रीमतीलाई अंश दिँदासमेत उनी विश्वकै चौथो धनाढ्य व्यक्ति हुन्।
फोर्ब्सका अनुसार सेयरहरु प्राप्त गरेसँगै अब मेलिन्डासँग कासकेड इन्भेस्टमेन्टमा १.८ अर्बको सेयर छ।
यस्तै मेलिन्डाले अटोनेसनमा २.९४ मिलियन बराबरको सेयर, क्यानडाको रेलवे कर्पोरेसनको १४.१ मिलियन बराबरको सेयर प्राप्त गरेकी छिन्।
जसको मूल्य क्रमश ३०९ मिलियन र १.५ अर्ब बिलियन डलर रहेको बताइएको छ।
यो पनिः यस्तो छ बिल गेट्स र मेलिन्डाको पहिलो भेटदेखि सम्बन्ध-विच्छेदसम्मको यात्रा
प्रतिक्रिया