सेयरबजारमा आज ५.०९ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेन्सिटिभ सूचक पनि १.६३ अंकले ओरालो लागेको छ।
२ सय १८ कम्पनी सामेल भएको कारोबारमा कुल ६ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
दिनभरिमा ७८ हजार ७ सय ७१ पटकको खरिदबिक्रीमा १ करोड ४८ लाख कित्ता सेयर बिक्री भएको छ।
१३ समूहमध्ये व्यापार, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमाको मात्रै सूचक हरियो छन्। बाँकी सबै सूचक घटेका छन्।
आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने दर्जन बढी कम्पनीको सेयर सोही हाराहारीले बढेको छ। लगानीकर्ताले आज ३.४३ प्रतिशतसम्म गुमाएका छन्।
आज २३ करोडको सर्वाधिक कारोबार भएको छ।
प्रतिक्रिया