नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वास्थ्य मापदण्ड पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग गरेको छ।
आन्तरिक उडानबाट यात्रु ओसारपसार गर्न दिएको भन्दै महासंघले स्थलमार्गबाट पनि यात्रु लैजान दिनुपर्ने बताएको हो।
‘स्थल यातायातबाट यात्रु ओसार पसार गर्न निषेधगरी हवाई यातायातबाट यात्रु ल्याउने लैजाने कार्य खुल्ला गरी विभेदपूर्ण निर्णय पुनर्विचार गर्नुपर्छ’, महासंघका महासचिव सरोज सिटौलाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्थल यातायतबाट पनि नेपाल सरकारले तयार गरेको स्वास्थ्य प्रोटोलक पुरागरी यात्रु ल्याउने लैजाने कार्यलाई सहज गरिदिन अनुरोध गर्दै छौं’
सरकारले वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दै निजी तथा सार्वजनिक यातायातलाई उपत्यकामा रोक लगाएको छ।

प्रतिक्रिया