समाज


भारतको कोभ्याक्सिन कोरोनाको खतरनाक B.1.617 भेरियन्टविरुद्ध प्रभावकारी देखियो

भारतको कोभ्याक्सिन कोरोनाको खतरनाक B.1.617 भेरियन्टविरुद्ध प्रभावकारी देखियो

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १०:५६,

बायोटेकले नेसनल इन्स्टिट्युट अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको साथमा मिलेर कोरोनाविरुद्धको खोप कोभ्याक्सिन बनाएको हो।

फाउचीका अनुसार ज्यानमारा भेरियन्ट B.1.617 विरुद्ध भारतको यस खोप प्रभावकारी देखिएको छ। उनले पत्रकार सम्मेलन गरेर कोरोनाको खतरनाक भेरियन्टलाई यो खोपले निष्क्रिय पार्न सफल भएको बताएका हुन्।

पीटीआईका अनुसार फाएचीले भनेका छन्,‘ताजा अनुसन्धानअनुसार कोभ्याक्सिन B.1.617 भेरियन्टविरुद्ध प्रभावकारी देखिएको छ। यो खोपले भारतमा निम्तिएको विकराल अवस्था रोक्न मद्दत गर्नेछ।’

Bharat Biotech's COVID-19 Vaccine Covaxin Begins Phase-III Trials

हालै न्युयोर्क टाइम्सको एउटा रिपोर्टमा कोभ्याक्सिनले मानिसको शरीरमा इम्युनिटी मजबुत बनाएको साथै एन्टीबडी बनाउन मद्दत गरेको उल्लेख गरिएको छ।

कोभ्याक्सि ७८ प्रतिशत कोरोना प्रतिरोधी भएको अनुसन्धानहरुमा बताइएको छ। यस खोपले भारतमा आपतकालीन प्रयोगका लागि गत जनवरी ३ मै स्वीकृति पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad