पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको बाँके नेपालगञ्जस्थित भेरी अस्पतालले करारमा कर्मचारी पदपूर्ति गर्ने सूचना निकालेको छ।
अस्पतालले कोरोना संक्रमित आउने क्रम बढेको भन्दै त्यस्ता संक्रमितको हेरचाह तथा उपचारका लागि भेरी कोभिड आइसोलेसन वार्डमा काम गर्नका लागि कर्मचारी माग गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश बहादुर थापाले जानकारी दिए।
करारमा काम गर्न आउने कर्मचारीको तलब भत्ता भुक्तानी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै गर्ने अस्पतालले जनाएको छ। हाललाई आगामी असार मसान्तसम्मका लागि कर्मचारी माग गरिएको हो।
अस्पतालका अनुसार एनेस्थेसियोलोजिष्ट खुलातर्फ ३ जना, मेडिकल अधिकृृत खुलातर्फ १० जना, नर्सिङ अधिकृत खुलातर्फ २ जना, ल्याब टेक्निसियन खुलातर्फ ५ जना र स्टाफ नर्स खुलातर्फ ४० जना माग गरिएको छ।
यो पनि : भेरी अस्पतालमा कोरोना संक्रमितले बेड पाएनन्, स्वास्थ्यकर्मीको पनि अभाव
आवेदकलाई परीक्षा दस्तुर समेत नलाग्ने अस्पतालले जनाएको छ। इच्छुक आवेदकले अस्पतालको वेबसाइटबाट फारम डाउनलोड गरी भर्न सक्नेछन्। फारमसँगै शैक्षिक योग्यताका फोटोकपी र अन्य कागजात प्रमाणीकरण गरेर अस्पतालको इमेलमा पठाउन सकिनेछ।
उनीहरुको उमेर हद नेपाल स्वास्थय सेवा ऐन २०५३ को दफा १२ ले तोकेबमोजिम हुनेछ।
तलबको हकमा कार्यक्रममा व्यवस्था भएबमोजिम हुने जनाइएको छ।
थप जानकारीकाे लागि -

Shares

प्रतिक्रिया