कारोबार


मासु र तरकारीको मूल्य वृद्धिपछि सरकारी टोलीले गर्‍यो नागढुंगा नाकामै अनुगमन

मासु र तरकारीको मूल्य वृद्धिपछि सरकारी टोलीले गर्‍यो नागढुंगा नाकामै अनुगमन

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १२:२४,

मासु र तरकारीको मुख्य दोब्बरले वृद्धि भएपछि सरकारी अनुगमन टोलीले काठमाडौं भित्रिने नाकामा नै अनुगमन गरेको छ।

हरियो तरकारी र कुखुराको मासुमा अधिक मूल्यवृद्धि भएको गुनासोपछि सरकारी टोलीले थानकोट नागढुङ्गामा पुगेर मालवाहक सवारीसाधनहरुको अनुगमन गरेको हो।

उपभोक्ताको चासो सम्बोधन गर्न स्थानीय प्रशासनको सहयोगमा उपभोक्ता अधिकारकर्मीहरू समेतको सहभागितामा स्रोतमै अनुगमन गर्ने नीतिअनुरूप वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नाकामा पुगेर अनुगमन गरेको हो।

२०७८ वैशाख ९ गते राति काठमाडौंको मुख्य प्रवेश नाका थानकोट नागढुङ्गामा उपत्यका प्रवेश गर्ने कुखुरा र तरकारी बोकेका मालवाहक सवारीसाधनहरुको अनुगमन गरेको जनाएको छ।

सो क्रममा सो मालवस्तु प्राप्त गर्ने कालीमाटीलगायतका फलफूल तथा तरकारी र मासुको थोक व्यापार गर्ने व्यवसायी समेतबाट शृंखलाबद्ध कारोबार विवरण लिइएको छ।

तरकारी तथा कुखुराको मासु सम्बद्ध केही थोक व्यवसायीहरुलाई ३ दिनभित्र आआफ्नो व्यवसाय दर्ता, नवीकरण तथा खरिदबिक्रीसम्बन्धी कागजात पेश गर्न निर्देशन दिइएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।

उनका अनुसार सो आधारमा कसुर एकीन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्ड सजाय हुनेछ। अनुगमनका क्रममा विभागले उक्त वस्तु ढुवानी गर्ने सवारीसाधनहरुबाट खरिद तथा बिक्री बिलबीजक प्राप्त गर्न नसकेको पाएको छ।

त्यस्तै क्वारेन्टिन व्यवस्था प्रभावकारी नभएको, उत्पादक र किसानले पाउने मूल्य एकीन नभएको, उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक धेरै व्यापारिक तह रहेको, उत्पादकदेखि उपभोक्तासम्मको मूल्यबीच ठूलो अन्तर रहेको देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad