कारोबार


बाढीले क्षति पुर्‍याएको जलस्रोत संरचना निर्माण गर्न २ अर्ब आवश्यक

बाढीले क्षति पुर्‍याएको जलस्रोत संरचना निर्माण गर्न २ अर्ब आवश्यक

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १०:४९,

गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाको कारण तराई क्षेत्रमा आएको बाढीले पुर्याएको क्षतिको दीर्घकालीन संरचना निर्माणमा दुई अर्बभन्दा बढी रकम लाग्ने देखिएको छ। उक्त बाढीका कारण जलस्रोत तथा सिँचाइको क्षेत्रमा ठूलो क्षति भएको थियो।

बाढीले कटान गरेको तथा बिगारेको संरचनाको दीर्घकालीन निर्माणमा २ अर्ब ११ करोड लाग्ने तथ्याङ्कले देखाएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संकलन गरेको विवरणले दीर्घकालीन रुपमा संरचना निर्माणको लागि २ अर्बभन्दा बढी लाग्ने तथा तत्कालीन मर्मत तथा निर्माणकै लागि पनि ३८ करोड २२ लाख रुपैयाँ अवश्यक पर्ने देखाएको हो।

मन्त्रालयले पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणको लागि आवश्यक पर्ने ३८ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ। चालू आर्थिक वर्षको बजेट विनियोजनबाट पनि आपत्कालीन कार्य गर्न १० करोड २ लाख २५ हजार रुपैयाँको अतिरिक्त रकम, नदी नियन्त्रण केन्द्रमा १० करोडमध्ये पाँच करोड रुपैयाँ विभिन्न नदीहरुमा बाँडफाँटको प्रक्रिया अपनाइसकेको मन्त्रालयले जानकारी दिएको छ।

barsman pun 12345

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भने, ‘सम्भावितभन्दा कम क्षति भएको छ। नेपालमा यो वर्ष कम वर्षा हुने देखिए पनि २७ गतेपछि ठूलो वर्षा भयो। त्यसअघि नै यसले क्षति निम्त्याउने सूचना सम्बन्धित क्षेत्रमा पुर्याइससकिएको थियो तर पनि जलस्रोत तथा सिँचाइ क्षेत्रमा ठूलै क्षति भएको देखियो।’

यस्तो क्षति हुनुमा नेपालको संरचना निर्माण तथा भूबनोट पनि प्रमुख कारण देखिएको उनको भनाइ छ। नेपालको नदीहरु प्रायः उत्तरदक्षिण बग्ने गरेको तर मोटरबाटो निर्माण भने पूर्वपश्चिम हुने गरेकोले क्षति बढी भएको मन्त्री पुनको भनाइ छ। यसमा पनि नेपाल सरकारले सोच्ने बेला आएको उनले बताए।

भारतसँग कुरा गरिने
यसैबीच मन्त्री पुनले भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा तराईका भारतसँगको सीमावर्ती क्षेत्रमा भारतले गरेका संरचना निर्माणबारे कुरा गर्ने बताएका छन्। सीमावर्ती क्षेत्रमा भारततर्फ निर्माण गरेका संरचनाहरु पनि बढी क्षति भएकोले यसबारे कुरा गर्ने मन्त्री पुनको भनाइ छ। यससम्बन्धी कुरा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राख्ने मन्त्री पुनले जानकारी दिए। भारतीय विदेशमन्त्री एस जयशंकर भदौ पहिलो साता नेपाल आउँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad