समाज


पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न महासंघको माग

पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न महासंघको माग

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १०:५९,

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।

महासंघले बिहीबार विज्ञप्ति प्रकासित गरी पुडासैनीको निधन र त्यसपछि विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘पत्रकार पुडासैनीले आफ्नो मृत्युको कारक भन्दै न्यूज २४ टेलिभिजनबाट प्रसारित जनतासंग सिधा कुरा कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख गरेको भिडियो विभिन्न संचार माध्यमबाट सार्वजनिक भएसंगै महासंघले उक्त प्रकरणमा निपष्क्ष ढंगले छानबिन गर्न सम्बन्धित निकायमा आग्रह गरेको छ।’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्य तथ्य अनुसन्धान गरि दोषीमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछ।’

लामो समयसम्म न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आवद्ध पुडासैनी दुई महिना अघि माउन्टेन टेलिभिजनमा गएका थिए। उनी साउन २० गते चितवनको होटल कंगारुमा मृत अवस्थामा भेटिएका थिए।

पुडासैनीको मृत्यु हुनुअघिको भिडियो बुधबार बाहिरिएको छ, जसमा उनले पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्युका लागि दोषी ठहर गरेका छन्।

यस्तै महासंघले बिहीबारै जारी गरेकाे अर्काे विज्ञप्तिमा पत्रकार/साहित्यकार खेम थपलियाकाे पक्राउकाे विराेध गरेकाे छ। 

यसैगरी पुराना पत्रकार एवं बरिष्ठ साहित्यकार मदनमणी दिक्षितकाे मृत्युप्रति दु:ख प्रकट गर्दै महासंघले भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .