आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत १ सय रुपैयाँमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ। प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाइसी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा रू. १ सय जम्मा गर्नुपर्नेछ।
त्यसमा ग्राहकले १ सय नै बोनस रकम तत्काल प्राप्त गर्नेछन्। यसका लागि केवाईसी फारम भेरिफाइड हुनुपर्नेछ।
यसरी ग्राहकको ‘आईएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्नु सकिनेछ।
यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यानमार्फत भुक्तान गर्न सकिनेछ। यी सबै सेवाका लागि ‘आइएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ।
यो योजना अप्रिल २१ देखि मे २१ (तदनुसार २०७८ वैशाख ०८ गतेदेखि जेठ ०७ गतेसम्म) गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ।
स्किमलाई व्यवस्थित ढंगले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पु¥याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। त्यससम्बन्धी सम्पूर्णाधिकार कम्पनीमा नै निहित हुनेछ।

प्रतिक्रिया