कारोबार


मोटोरोलाको ई७ पावर स्मार्टफोन नेपाली बजारमा, मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ

मोटोरोलाको ई७ पावर स्मार्टफोन नेपाली बजारमा, मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ८:२३,

चर्चित कम्पनी मोटोरोलाले आफ्ना इ शृंखलाको स्मार्टफोन मोटो ई७ पावर नेपालमा पनि सार्वजनिक गरेको छ।

कम्पनीले भारतमा बनेको फोन नेपाली बजारमा उपलब्ध गराएको हो।

यसमा उच्च श्रेणीका फिचरहरु रहेको कम्पनीको दाबी छ। यसको पावर र परफरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

फोनमा ५ हजार एमएएचको ब्याट्री छ भने टाइप सी चार्जर लाग्छ।

दुई जीबी एलपीडीडीआर४एक्स र्याम रहेको फोनमा जी२५ ओक्टा कोर प्रोसेसर छ। यसबाहेक फोनमा ३२ जीबी स्टोरेज क्षमता छ भने त्यसलाई माइक्रो एसडीकार्डले बढाउन पनि मिल्छ।

६.५ इन्च म्याक्सभिजन, एचडीप्लस, अल्ट्रावाइड डिस्प्ले, द्रुत र सुरक्षित फिंगरप्रिन्ट, स्टक एन्ड्रोइड एक्सपेरिएन्स र मोटो एक्सन, वाटर रिपेलेन्ट डिजाइन, फेज डिटेक्सर अटोफोकससहितको १३ मेगापिक्सेल डुअल क्यामरा, डेडिकेटेड गुगल एसिस्टेन्ट बटन र गुगल लेन्सलगायतका सुविधा छन्।

फोनको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad