कारोबार


विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न

विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १५:५५,

नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारण सभामा विद्यमान कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै भौतिक तथा अभौतिक रुपमा सदस्यहरुको सहभागी थियो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभाले, संघीयताको मर्म अनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशिकरण सुनिश्चितता सहित सर्वसम्मत्त रुपमा विधान संशोधन पारितसमेत गरेको छ।

कार्यक्रममा मन्त्री श्रेष्ठले संघको आफ्नै भवन निर्माणका लागि सहयोग गर्ने र चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्धिविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सीए प्रोफेसनबाट पहिलो गर्भनर सीए महाप्रसाद अधिकारी र ५० वर्र्षभन्दा बढी चार्टड एकाउन्टेन्ट्स प्रोफेसनमा योगदान पु-याएबापत सीए टिआर उपाध्यायलाई सम्मान गरएको थियो।
राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सीए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सीएहरुको योगदान अतुलनीय रहने बताए।

कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए।

आनन्द शर्माले अध्यक्षता गरेको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन सिभिरा लामा रुइत, र बन्दसत्रको सञ्चालन तेजप्रसाद सुवेदीले गरेका थिए भने रमेश धितालले सम्पूर्ण सहभागी सदस्यलाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .