कारोबार


लक्ष्मी बैंकको नयाँ वर्ष अफर : ओरेन्ज सेभिङ प्लस खातामा आकर्षक सुविधा

लक्ष्मी बैंकको नयाँ वर्ष अफर : ओरेन्ज सेभिङ प्लस खातामा आकर्षक सुविधा

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १४:५८,

लक्ष्मी बैंकको प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लस खाताबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले रु. १ लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र रु.१० लाखसम्मको दुर्घटना मृत्‍यु र अक्षमता बीमा सुविधा पाउन सक्नेछन्।

यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपालभरी कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी ओरेन्ज सेभिङ प्लस खाता खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड ‘ओरेन्ज कार्ड’ निःशुल्क प्राप्त गर्नेछन्। सो अफर ओरेन्ज सेभिङ प्लस खाता वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता ‘शुभश्री लक्ष्मी बचत खाता’ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याजदर प्रदान गरिरहेको छ।

थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाइट मा जान सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad