धुर्मुश सुुन्तली फाउन्डेशनद्वारा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुुरमा रहेको रोयल पेन्टस प्रा.ली. ले सहयोग गरेको छ।
आज चितवनमा आयोजित कार्यक्रममा कम्पनीले आफना बिभिन्न किसिमका उत्पादनहरु सहयोग गरेको हो।
कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजुु पौडेलले चितवनमा बन्दै गरेको रंगशालाले चितवनको समग्र आर्थिक अबस्थामा ठुलो टेवा पुुग्ने बताए। रोयल पेन्टसका संचालक प्रमेशवर भण्डारीले गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रंगशालाले खेलप्रेमि नेपालीमा पुुनः एक पटक आशा पलाएको बताए।
उनले धुुर्मुुश सुुन्तली फउन्डेशनद्वारा निर्माणाधिन गौतम बुुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालासँग सधैँ हातेमालो गर्दै अघि बढ्न चाहेको बताउँदै आफना उत्पादन प्रयोग गर्दै गर्दा आफूहरुलाई थप उत्साह थपेको पनि बताए।
उनले धुुर्मुस सुुन्तली फाउन्डेसनद्वारा सञ्चालित अन्य परियोजनामा समेत हातेमालो गर्न चाहेको पनि बताए।
रोयल पेन्टसका बजार प्रर्बधक समेत रहेकी पूर्वमिस नेपाल २०१८ श्रृंखला खतिवडाले पनि रंगशाला निर्माण कार्यमा जुटेका धुुर्मुुश सुुन्तली फउन्डेशनका सपूर्ण टिमको मुुक्त कण्ठले प्रशंसा गर्दै रंगशाला निर्माण कार्यमा सदैब आफ्नो साथ र सहयोग रहने बताइन्।
कम्पनीका नेशनल सेल्स मेनेजर बिक्रम खतिवडाले खुुशी बाँड्दा बढ्छ भन्दै आगामी दिनहरुमा पनि उद्योगले यस्तै किसिमका सहयोगलाई जारी राख्ने बताए।
कार्यक्रममा रोयल पेन्टसका डाईरेक्टरद्वय कृष्णराज भण्डारी र प्रकाश केसीको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण चिरन्जिवी पाण्डले गरेका थिए।
Shares

प्रतिक्रिया