ad ad

कारोबार


विज्ञापन भएको १२ वर्षपछि आयो खानेपानी संस्थानकाे ‘रिजल्ट’

विज्ञापन भएको १२ वर्षपछि आयो खानेपानी संस्थानकाे ‘रिजल्ट’

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ८:३७,

नेपाल खानेपानी संस्थानले स्थायी कर्मचारी नियुक्तिका गरेको विज्ञापनको १२ वर्ष पछि रिजल्ट निकालेको छ।

संस्थानको २०६६ सालमा प्रकाशित विज्ञापन अनुसारको पदमा आज रिजल्ट प्रकाशन भएको हो।

‘२०६६ सालमा भएको विज्ञापन अनुसार खुला र समावेशीमा प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदको लागि कुल ५६ संख्यामा कर्मचारीको माग भएको थियो। यसमा सबै समावेशी उम्मेदवारहरु माग गरिएको थियो’, आज प्रकाशित सूचनामा भनिएको छ, ‘त्यस समयमा भएको विज्ञापनको लागि अन्तर्वार्ता भने २०७७ पुसमा भएर सोअनुसारको रिजल्ट प्रकाशन भएको हो।’

२०७७ पुसमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जनामध्ये योग्यताक्रमको आधारमा छनोट भएकालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको पदपूर्ति समितिले जानकारी दिएको छ।

khanepani result22

khanepani result23

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .