कारोबार


इसेवा र युके एडको सक्षमबीच सम्झौता

इसेवा र युके एडको सक्षमबीच सम्झौता

नेपालखबर
साउन २९, २०७६ बुधबार १३:५०,

डिजिटल माध्यमबाट ग्रामीण भेगका नागरिकहरुलाई वित्तिय सेवामा पहुँच पुर्‍याउन इसेवा र युके एडको सक्षमबीच सम्झौता भएको छ।

बुधबार काठमाडौँमा एक कार्यक्रमकाबीच इसेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे।

इसेवा क्यास पोइन्टको स्थापना, विकास तथा संचालन गर्नको लागि तथा वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नविन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने उद्देश्यले इसेवा फोन पे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग सम्झौता गरेको हो।

यो सम्झौता पछि इसेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन्। सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भइरहेको एक कार्यक्रम हो। इसेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो।

इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad