राजनीति


कांग्रेसको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनमाथि छलफल

कांग्रेसको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनमाथि छलफल

नेपालखबर
साउन २९, २०७६ बुधबार १३:४१,

नेपाली कांग्रेसको केन्द्रीय समितिमा अनुशासन समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय अनुशासन समितिका सभापति भिष्मराज आङ्गदम्बेले आफ्नो प्रतिवेदन पेश गरे पछि छलफल सुरु भएको हो। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनके साथै विभिन्न तहमा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ।

नेपाली कांग्रेसले केही दिन अघि अन्तरिम संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ बमोजिम संरचना बनाउने निर्णय गरि सकेको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलले दोश्रो चरणको जागरण अभियान सुरु हुनु अघि उपनिर्वाचन र भातृ संगठनहरुको विषयमा केन्द्रीय समितिले निर्णय लिने बताए।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बिधान र अन्तरिम संरचना बाहेक नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत भैसकेको छ।

आज छलफलको लागि पेश भएको अनुशासन समितिको प्रतिवेदनमा प्रतिनिधि सभा लगायतको तिनै तहको निर्वाचमा पार्टीको उम्मेदवार हराउने र असहयोग गर्ने व्यक्तिहरुलाई कारबाही सिफारिस गरिसकेको छ। समितिको कारबाही सिफारिस एक पक्षीय र गुटगत निर्णय भएको भन्दै पार्टी भित्र बिरोध पनि भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .