कारोबार


अपर तामाकोशीमा ढिलासुस्ती गरेको भन्दै प्रधानमन्त्री ओलीले पोखे आक्रोश

अपर तामाकोशीमा ढिलासुस्ती गरेको भन्दै प्रधानमन्त्री ओलीले पोखे आक्रोश

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ८:३५,

प्रधानमन्त्री ओलीले अपर तामाकोशीको हाइड्रोपावर कम्पनीले काममा अस्वाभाविक रुपमा ढिलासुस्ती गरेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काम नसकिँदा दैनिक १३ करोड रुपैयाँ घाटा भइरहेको समेत दाबी गरेका छन्।

‘अत्यन्तै अस्वाभाविक ढंगले अपर तामाकोशीको काममा ढिलाइ भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘मैले यसतर्फ अलि ध्यान पुर्याउनुपर्ने भएको छ।’

अपर तामाकोशीको काम एक वर्षदेखि एउटै सुनिएको भन्दै उनले भने, ‘एउटा सानो मेसिन जडान गर्नु छ। १ वर्षअघि सुनेको त्यही हो। १० महिनाअघि पनि त्यही हो ... अहिले सुन्दा पनि एउटा सानो पाइप कि मेसिन राख्नु छ भनेको छ।’

उनले ढिलासुस्ती हुँदा दिनमा प्रत्यक्ष रुपमा ५ करोड नोक्सान भइरहेको बताए। अप्रत्यक्ष रुपमा दैनिक १३ करोड रुपैयाँ खर्च भइरहेको भन्दै आक्रोश पोखे।

‘यो ढिलासुस्ती हो वा के हो हेर्नुपर्ने भएको छ’, उनले भने, ‘ढिलासुस्ती सह्य, मान्य हुँदैन। हामीले कडाइ नगरेको भए मेलम्चीको पानी आउने थिएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .