कारोबार


नयाँ वर्षमा ज्योतिष परामर्श सेवामा हाम्रो पात्रोले ३५ प्रतिशत छुट दिने

नयाँ वर्षमा ज्योतिष परामर्श सेवामा हाम्रो पात्रोले ३५ प्रतिशत छुट दिने

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ७:५८,

हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय ‘हाम्रो अनलाइन ज्योतिष’ परामर्श सेवामा ३५ प्रतिशत छुट दिने भएको छ।

यसअन्तर्गत हाम्रो पात्रो सेवाग्राहीहरुले हाम्रो पात्रोको एप तथा वेबमार्फत आफ्नो आउँदो वर्षका बारेमा परामर्श लिन सक्नेछन्।

हाम्रो पत्रसँग आबद्ध ज्योतिष गुरुहरुबाट आफूले चाहेअनुसारको परामर्श अनलाइनमार्फत कुराकानी गरी आफ्नो आउँदो वर्षको जानकारीका लागि सेवाग्राहीले हाम्रो पात्रोको एप अथवा वेबमा गएर परामर्श लिने आनन्द लिन सक्नेछन्।

यो सेवा निकै लोकप्रिय रहेको छ र सेवाग्राहीहरुले हाल यस सेवालाई आफ्नो पढाई, व्यापार, जागिर, लगन, आदी सम्बन्धित विषयहरुमा परामर्शका लागि प्रयोग गर्दै आएका छन्।

यो छुट चैत ३० गतेदेखि वैशाख ५ गते सम्मका लागि मात्र लागू हुने हाम्रो पात्रोले जनाएको छ।

इक्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ देखि ९ बजेका बीच यो सेवा लिन सक्नेछन्। नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरिका लागि उपलब्ध हुनेछ।

यस सेवाका लागि भुक्तानी अन्तर्राष्ट्रिय कार्ड साथै नेपालमा इसेवा, कनेक्ट आईपीएस अथवा खल्तीबाट गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad