कारोबार


विज्ञापन क्षेत्रका विकृति अन्त्य गर्छु : बोर्ड अध्यक्ष हुमागाई

विज्ञापन क्षेत्रका विकृति अन्त्य गर्छु : बोर्ड अध्यक्ष हुमागाई

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ७:५०,

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताएका छन्।

मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने बताएका हुन्।

बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापनरहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको बताए।

सरोकारवालाहरु सँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने उहाँको भनाई छ । बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियनहरु सञ्चालन गर्ने पनि बताए।

अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताए। केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad