बाँकेमा एक पुरुषले कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ।
बुढाले घरायसी विवादका कारण लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन्।
लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएपछि उनका श्रीमानलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो।
घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया