कारोबार


एनआइसी एसिया रेमिट सेवाः एकपटक लिएपछि अर्कोपटक सित्तैमा

एनआइसी एसिया रेमिट सेवाः एकपटक लिएपछि अर्कोपटक सित्तैमा

नेपालखबर
साउन २९, २०७६ बुधबार ११:२०,

एनआइसी एसिया बैंकअन्तर्गतको एनआइसी एसिया रेमिट सेवामा चाडपर्व लक्षित योजना सार्वजनिक गरिएको छ। उक्त योजनाअन्तर्गत कम्पनीले एकपटक रेमिट गरेपछि ग्राहकलाई अर्को पटक सित्तैमा रेमिट सेवा उपलब्ध गराउने भएको हो।

यो सेवा भदौ १ गतेदेखि असोज ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। चाडपर्वलाई धयान दिँदै बैंकले यो सेवा उपलब्ध गराउने जानकारी गराएको हो।

उक्त रेमिट सेवाबाट आएको विप्रेषण रकम यस बैंकका देशभर फैलिएको दुई सय ९५ शाखा कार्यालय, ९७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ इकाइ एवं नौ हजार सहायक प्रतिनिधिमार्फत भुक्तानी लिनसक्ने जनाएको छ।

यो सेवाले ग्राहकले रकम पठाउँदा उच्चतम लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad