कारोबार


नयाँ वर्षको अवसरमा ग्राहकलाई छुटसहित नयाँ स्वाद पस्किँदै होटल भिभान्ता

नयाँ वर्षको अवसरमा ग्राहकलाई छुटसहित नयाँ स्वाद पस्किँदै होटल भिभान्ता

नेपालखबर
चैत ३०, २०७७ सोमबार ७:२८,

होटल भिभान्ताले नयाँ वर्षमा नयाँ मेन्युसहितको परिकार ल्याउने भएको छ।

२ वटा रेष्टुरेन्ट भएको होटल भिभान्ताले नयाँ स्वादिष्ट भोजनसहितको मेन्यु सार्वजनिक गरेको हो।

नयाँ वर्षको अवसरमा होटलस्थित अकारी एन्ड कोकोमा ग्राहकको पूरै बिलमा २५ प्रतिशत छुट पाइने भएको छ। राति साढे ९ देखि ११ बजेसम्म पार्टीमा सहभागी हुनेले यस्तो छुट पाउनेछन्। महिलाको हकमा एक जनालाई १५ सय रुपैयाँमा होटलले वाइन र सुसी उपलब्ध गराउनेछ।

नयाँ मेन्युमा साइनेचर आइटमहरु केक, होममेड ब्रेड्स, कुकिज, पफ, डिजार्ट जार्स, चिया कफीसँगै चिलिज, ब्ल्याक पेपर, गार्लिक, जिन्जर, कमिन, कोराइन्डर, टर्मेरिक, नुन मरिच रहेका छन्।

होटलका अनुसार पूर्ण नेपाली स्वादलाई प्रवद्र्धन गर्न ध्यान दिइएको छ। सामान्य खाना र स्न्याकभन्दा सोसल इभेन्ट नै आयोजना गर्ने गरी स्वादहरु पस्किने होटलले जनाएको छ। खाद्य तथा पेय पदार्थसँगै भरपूर मनोरञ्जनलाई प्राथमिकता दिएको होटलले जनाएको छ।

vivanta room3

भिभान्तामा ‘अल डे डिनर’ मिन्ट रहेको छ। जहाँ ब्रेकफास्ट, लञ्च, डिनरको व्यवस्था रहेको छ।

होटलमा ११० विलासी कोठा रहेका छन्। जसमा सुपेरियर १४, डिलक्स ५९, प्रिमियम ३६ र एक्जुकेटिभ सुइट रुम रहेका छन्।

सीजी हस्पिटालिटीका सेल्स एण्ड मार्केटिङ हेड महेश फुयालले कोभिडको समयमा समेत बन्द नभएको होटल नयाँ वर्षमा नयाँ मेन्यु ल्याएको बताए ।

‘गतवर्ष कोभिडको समयमा हामी कहिल्लै होटल बन्द गरेका थिएनौं,’ फुयालले भने ‘अहिलेपनि कोभिड बढिरहेको भन्ने छ। हामी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएरै सधैं ग्रहाकको सेवामा हुन्छौं।’

vivanta room2

उनले होटल भिभान्तामा विदेशी पर्यटकको कमिको कारण रुम बुकिङ कमि भएपनि रेस्टुरेन्ट राम्रोसंग चलिरहेको बताएका छन्।

‘हाम्रो परिकार र सेवाले होटल भिभान्तमा ग्रहाक आउन ललाइत हुनुहुन्छ,’ उनले भने ‘सेवाग्राहीको रुचीको कारण कोभिडपछि ७० प्रतिशत कारोबार भैरहेको छ।’

ललितपुर झम्सीखेलमा रहेको होटल भिभान्ता रुफ टफ रेस्टुरेनटसंगै स्वीमिङ पुल रहेको छ। होटलको १० तल्लामाथि स्वादिष्ट खानाको परिकारसंगै आकर्षक दृष्य अवलोकन गर्न सकिन्छ।

vivanta room1

१० औं तल्लामा रहेको स्विमिङ पुलबाट काठमाडौं उपत्यकाको मनोरम दृष्यको आनन्द लिन सकिन्छ।

होटलको नवौं तल्लामा आधुनिक उपकरण सहितको फिटनेस सेन्टर रहेको छ। उक्त तल्लामा स्पासंगै ट्रिटमेन्ट कक्ष समेत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad