ad ad

कारोबार


दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्‍याउने लक्ष्यसहित महासंघले जारी गर्‍याे ‘भिजन पेपर–२०३०’

दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्‍याउने लक्ष्यसहित महासंघले जारी गर्‍याे ‘भिजन पेपर–२०३०’

नेपालखबर
चैत २८, २०७७ शनिबार ७:१७,

नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुर्‍याउने लक्ष्यसहित ‘भिजन पेपर–२०३०’ सार्वजनिक गरेको छ।

यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पनासहित एक सयवटा योजनाहरु  समावेश गरिएकाे  छ।

शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गरेका हुन्।

महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार गरेको हो।

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुर्‍याउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक (भिजन पेपर) मा सयवटा योजनासहितको भिजन पेपर तयार गरेको छ।

भिजन पेपरमा समावेश भएका योजनाहरु दुई वर्षभित्र सकिने र दीर्घकालीन रुपमा महत्व भएका योजनहरु समावेश गरेको छ।

ती लक्ष्यलाई पूरा गर्ने बलियो आधार र सुझाबहरुसमेत भिजन पेपरमार्फत दिइने छ। भिजन पेपरको कार्यान्वयनमा महासंघले वार्षिक साधारण सभामा नेपाल सरकारको प्रतिवद्धतासमेत लिने छ।

५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७७ को मुख्य थिम ‘समृद्धिका लागि सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल’ रहेको छ।

उद्घाटन समारोहपछि विभिन्न तीनवटा सत्रहरुमा भिजन पेपरका बारेमा सामूहिक छलफल हुने कार्यक्रम छ। सोमबार महासंघको बन्द सत्र आयोजनासहित साधारण सभाका सम्पूर्ण कार्यक्रम सम्पन्न हुने महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .