इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार रु १०० अंकित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।
सेयर बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको हो। सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण सेयर बिक्री गरिने जनाइएको छ। रासस

प्रतिक्रिया