विनोद चौधरी यसपटक अर्बपति सूचीको २१४१ नम्बरमा परेका छन्। फोर्ब्सका अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ।
उनी नेपालका एक्ला डलर अर्बपति हुन्।
सीजी कर्प ग्लोबलका प्रमुख चौधरीको धेरै सम्पत्ति नबिल बैंक र सीजी फुड (वाइवाइ चाउचाउ)मा रहेको छ। वाइवाइको उत्पादन भारत, सर्बिया, बंगलादेशमा हुन्छ भने इजिप्टमा पनि उत्पादनका लागि संरचना निर्माण भइरहेको छ।
यसबाहेक १ सय ३५ वटा सीजीका होटलमा पनि उनको लगानी छ। भारतको ताज होटल चेनअन्तर्गत चौधरीको विलासी होटल समेत छन्।

उनको व्यवसाय नेपालमा छोरा निर्वाण चौधरीले हेर्छन् भने अरु छोराहरु राहुल र वरुणले विदेशमा हेर्छन्। निर्वाण र राहुल सीजी ग्रुपका मेनेजिङ डाइरेक्टर हुन्।
सन् २०१३ मा चौधरीको सम्पत्ति १ अर्ब डलर थियो। त्यसपछि क्रमशः सन् २०१४ मा १ अर्ब १० करोड, सन् २०१५ मा १ अर्ब ३० करोड, सन् २०१६ मा १ अर्ब १० करोड, सन् २०१७ मा १ अर्ब ३० करोड, सन् २०१८ मा १ अर्ब ५० करोड, सन् २०१९ मा १ अर्ब ७० करोड, सन् २०२० मा १ अर्ब ४० करोड र सन् २०२१ (अप्रिलसम्म) मा १ अर्ब ४० करोड डलर रहेको फोर्ब्सले जनाएको छ।

प्रतिक्रिया