काठमाडौँको रातोपुलमा एक भारतीय नागरिक मृत भेटिएका छन्।
बुधबार बिहान काठमाडौं महानगरपालिका–३० रातोपुल डेरामा बस्ने भारतको कोलकत्ता घर भएका ३९ वर्षीय प्रदीप मण्डल मृत फेला परेको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ।
कोठामा अन्य कुनै शंकास्पद बस्तुहरु नभेटिएका कारण उनको मृत्यु हृदयघातका कारण हुने सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
उनी दरबार मार्गमा कस्मेटिक पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया