कारोबार


सीजीले बहुराष्ट्रिय ब्रान्ड र चोरीका सामानसँग दोहोरो प्रतिस्पर्धा गर्नुपरेको छः विष्णुप्रसाद ज्ञवाली, सीजी इलेक्ट्रोनिक्स

सीजीले बहुराष्ट्रिय ब्रान्ड र चोरीका सामानसँग दोहोरो प्रतिस्पर्धा गर्नुपरेको छः विष्णुप्रसाद ज्ञवाली, सीजी इलेक्ट्रोनिक्स

सन्तोष न्यौपाने
चैत २४, २०७७ मंगलबार १४:४,

नेपालको नामी ब्रान्ड हो सीजी। चौधरी ग्रुपको कम्पनी सीजी इलेक्ट्रोनिक्सले यो ब्रान्डअन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएको छ। सीजीका राइस कुकर, आइरन, टेलिभिजन, एयर कन्डिसनर, वासिङ मेसिनलगायतका सामान बजारमा छन्।

सीजीले विश्वका प्रख्यात बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्दै उपभोक्तालाई सुपथ मूल्यमा उच्च गुणस्तरका होम एप्लाइन्स उपलब्ध गराएको छ। नयाँ वर्ष २०७८ को अवसर पारेर यो ब्रान्डले आफ्ना उत्पादनमा विभिन्न स्किम, उपहार र छुट घोषणा गरेको छ। यसै सन्र्दभमा सीजी इलेक्ट्रोनिक्सका एसिस्टेन्ट जेनेरल म्यानेजर (सेल्स) विष्णुप्रसाद ज्ञवालीसँग नेपालखबरले गरेको कुराकानीः

सीजीले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा कस्ता स्किम ल्याएको छ?
सीजी इलेक्ट्रोनिक्सको सीजी ब्रान्डले नयाँ वर्षको अवसरमा उपभोक्तालाई सहुलियत होस् भनेर स्किमहरु सार्वजनिक गरेको छ। त्यसमा क्यासब्याक छ। भारी छुटका साथ सीजी ब्रान्डका उत्पादनहरु किन्न सकिन्छ। कुनै उत्पादनमा सियोरसर्ट उपहार पनि दिइरहेका छौं। उपभोक्ताको नजिकको सोरुम, डिलरमा सम्पर्क गरेर यो स्किम लिन सक्नुहुन्छ।

सबै उत्पादनहरुमा केही न केही स्किम उपलब्ध छन्। टेलिभिजनदेखि भ्याकुम क्लिनरसम्ममा स्किम राखिएको छ। कुनै उत्पादनमा छुट र कुनैमा उपहार राखिएको छ।

स्किमको नारा छ– ‘सीजी हाम्रो, गर्वका साथ राम्रो।’ नेपाली ब्रान्ड भएर पनि मल्टिनेसनल ब्रान्डको गुणस्तर छ। सुपथ मूल्य छ। प्रिमियम प्रोडक्ट र बजेट प्राइसमा सामान उपलब्ध छन्।

विश्वासका साथ नेपाली उत्पादन प्रयोग गर्नुस् भन्ने अनुरोध गर्न चाहन्छु। कम्पनी ब्रान्ड र आफ्टर सेल्स सर्भिस हेर्नुपर्छ। मूल्य र उत्पादित वस्तुमा तालमेल छ कि छैन भनेर हेर्नुपर्छ। त्यो हेर्नुभयो भने आफ्नो मूल्यको पूर्ण सदुपयोग सीजी ब्रान्डबाट गर्न सक्नुहुन्छ।

Bishnu CG2

नयाँ वर्षलाई भनेर कुनै नयाँ उत्पादनहरु पनि ल्याउनु भएको छ कि?
नयाँ वर्षलाई नै भनेर त ल्याएका छैनौँ तर नयाँ कुलरहरु बजारमा ल्याएका छौँ। गत वर्ष पनि कुलर ल्याएका थियौँ तर यसपाली फिचरहरु थपेर ल्याएका छौँ।

सीजी ब्रान्डमा के के सामान उपलब्ध छन्?
चौधरी ग्रुप अन्र्तगतको सीजी इलेक्ट्रोनिक्स कम्पनी छ। यस कम्पनी अन्र्तगत विभिन्न ब्रान्डका कारोबार हुन्छ। त्यसमध्येको चौधरी ग्रुपका आफ्नो ब्रान्ड हो सीजी ब्रान्ड।

सीजी ब्रान्डमा सानो आइटममा राइस कुकर, आइरनदेखि लिएर ठूलो आइटममा टेलिभिजन, एयर कन्डिसनर, वासिङ मेसिनलगायतका होम एप्लाइन्सका सबै सामान पाइन्छ। घरमा चाहिने सबै इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन्।

Bishnu CG5

उपभोक्ताको माग पहिले र अहिले कस्तो पाउनु भएको छ?
सीजी ब्रान्डप्रति ग्राहकको प्रतिक्रिया धेरै राम्रो छ। यसको पहिलो कारण के हो भने हामीले कहिले पनि गुणस्तरमा सम्झौता गर्दैनौँ। गुणस्तरीय उत्पादनलाई रिजनेवल मूल्यमा उपलब्ध गराइरहेका छौँ।

दोस्रो, नेपालमा सर्भिस नेटवर्क सबैभन्दा राम्रो सीजीको छ। हाम्रो अर्को बलियो आधार भनेको चौधरी ग्रुप हो। चौधरी ग्रुपले उत्पादन गरेको सामान र यसले दिने सेवामा ग्राहकको विश्वास धेरै नै छ। ग्राहकमा त्यो विश्वास कायम गर्न सकिरहेका छौँ हामीले। सर्भिस, वस्तुको गुणस्तर र बिक्रीपछिको सेवाले गर्दा ग्राहकले सीजी ब्रान्डलाई धेरै नै विश्वास गर्छन्।

सीजी ब्रान्डका सबै उत्पादनमा बिक्रीपछिको सेवा उपलब्ध छ?
हामीले सीजी ब्रान्डका सबै उत्पादनमा आफ्टर सेल्स सर्भिस दिइरहेका छौँ। उत्पादनअनुसार एकदेखि दश वर्षसम्मको वारेन्टी उपलब्ध छ। होम एप्लाइन्सका आइटमहरु टीभी, फ्रिज, वासिङ मेसिन, एसी, माइक्रो ओभन, कुलरलगायतका आइटमलाई होम सर्भिस दिन्छौं।

घरमा चलाइरहेको टिभी बिग्रियो भने निकालेर बनाउन लैजानु पर्दैन। हाम्रो टोलफ्री नम्बर छ। काठमाडौँको हेड अफिसमा छ। त्यसमा फोन गरेर आफ्नो टीभीमा दिएको वारेन्टी कार्डको जानकारीअनुसार मोडल नम्बरसहित गुनासो दर्ता गर्न सकिन्छ। मुलुकभरबाट एकै ठाउँ टप्भीमा के भएको छ, त्यसअनुसार जानकारी गराउनु पर्छ।

त्यसरी दर्ता गरेपछि उपभोक्ताको नजिकको टेक्निसियनलाई हामीले उपभोक्ताको घरमा पठाउँछौँ। दुई घण्टाभित्र तपाईंको घरमा टेक्निसियन पुग्छन्। उपभोक्ताको घर अलि टाढा छ भने सिन दुई घण्टाभित्र फोन जान्छ र उसले आउने समय तोकिदिन्छ।

वारेन्टी समयभित्र यस्तो सेवा निशुल्क हुन्छ भने त्यो समयपछि पनि शुल्क तिरेर यो सेवा लिन सकिन्छ।

Bishnu CG3

सीजी ब्रान्डमा एक्सचेन्ज अफर छ कि छैन?
समय समयमा एक्सचेन्ज अफर आइरहेको हुन्छ तर यो निरन्तर भने रहँदैन। अहिले पनि सीजी डिजिटल सोरुममा एक्सचेन्ज अफर उपलब्ध छ। यो एक्सचेन्ज अफर अहिले टीभीमा उपलब्ध छ।

जुनसुकै टीभी जुनसुकै कन्डिसनमा ल्याउन सकिन्छ। त्यसको भ्यालुएसन गरेर सीजी ब्रान्डको टीभी किनेर लैजान सक्नुहुन्छ। कन्डिसन हेरेर त्यसको मूल्य गरेर नयाँ टिभी दिन्छौँ।

सीजी ब्रान्डका सिजनेबल उत्पादन के के छन्?
सामान्यतया, सीजी ब्रान्डमा १२ महिनाकै लागि उत्पादनहरु छन्। तर, सिजनेबल प्रोडक्टहरु पनि छन् जस्तो कि कुलर, पंखा छन्। फागुनदेखि यसको व्यापार सुरु भएर जेठसम्म धेरै हुन्छ। चैत, वैशाख, जेठमा धेरै बिक्री हुन्छ।

फ्रिज, एसी, डिपफ्रिज जस्ता उत्पादनलाई पनि सिजनेबल भन्न मिल्छ। तर, अहिले फ्रिज, डिपफ्रिजलाई सिजनेवल भन्न छोडियो। जतिबेला पनि चाहिने भएको छ। हामीसँग हट र कुल दुवै प्रकारको एसी छ।

जाडोमा वासिङ मेसिन र माइक्रो ओभन अलि बढी बिक्री हुन्छ। पहिले यसलाई सिजनेबल भनिन्थ्यो भने अहिले त्यो परिवर्तन भइसकेको छ।

Bishnu CG4

गर्मी आउँदै छ, कुलर र पंखामा तपाइहरुको केही विशेष अफर छ कि?
कुलरमा हामीले डिलर स्किम दिइरहेका छौँ। कुलरमा थप फिचरसहित नयाँ उत्पादन पनि छ। यसमा धेरै नै प्रतिस्पर्धा छ। अझ कुलर र पंखामा अस्वस्थ प्रतिस्पर्धा छ। भन्सार छलेर सामान ल्याउने गरिन्छ। यसले गर्दा औपचारिक च्यानलबाट सरकारलाई कर तिरेर सामान बेचिरहेका हामीलाई भन्सार छलेका समानसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ।

यसपाली भने कोरोनाले गर्दा छली केही कम हुन्छ कि भन्ने छ। कोभिडले गर्दा दुई नम्बरी सामान आउन केही भए पनि रोकिएको छ। त्यस कारणले यो पटक कुलरमा अलि बढी व्यवसाय हुन्छ भन्नेमा आशावादी छौँ।

गत वर्षसम्म र त्योभन्दा पहिलासम्म त भन्सार छली बढी थियो। अझ तराई क्षेत्रमा यो समस्या छ। यो समस्या हटाउन सरकारले नै पहल गर्नुपर्ने हुन्छ।

बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग चाहिँ सीजीले कसरी प्रतिस्पर्धा गरिरहेको छ?
नेपालमा चलिरहेका बहुराष्ट्रिय कम्पनीका ब्रान्डसँग हाम्रो प्रतिस्पर्धा छ। उनीहरुसँग हाम्रो प्रतिस्पर्धा गुणस्तरमा हुन्छ, मूल्यमा हुँदैन। यता, भन्सार छलेका चोरीका समानसँग भने मूल्यमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। नेपाली ब्रान्डले चोरीका सामान र बहुराष्ट्रिय कम्पनीका समान दुवैसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

त्यसलाई ट्याकल गर्न क्वालिटी प्रिमियम दिन्छौँ। जस्तो अहिले हामीले पछिल्लो प्रविधिको गुगल टीभी उपलब्ध गराइरहेका छौँ। यो एन्ड्रोइड टीभी नेपालीमा सीजी ब्रान्डमा मात्र छ।

Bishnu CG6

सीजीको वासिङ मेसिन उपभोक्तामाझ लोकिप्रिय छ। यसमा केही नयाँ ल्याउनु भएको छ?
वासिङ मेसिन पनि पछिल्लो फिचरसहित उपलब्ध छ। यसका कन्ट्रोलिङ सिस्टम छ।

त्यसमा भर्खर मंसिरमा नाइट सेरिज भनेर नयाँ फिचरसहितको वासिङ मेसिन आएको छ। प्रिमियम रेन्जको हो। यसमा कोभिडलाई पनि मध्यनजर गरेर स्पा केयर भन्ने फिचर राखिएको छ।

स्पा केयरले एक त लुगालाई रिङकल फ्री बनाइदिन्छ। अर्को, नराम्रा ब्याक्टेरियालाई नष्ट गरिदिन्छ। कोभिडलाई मध्यनजर गरेर राखिएको फिचर हो।

एड गार्मेन्ट भन्ने पनि अर्को फिचर छ। वासिङ मेसिन अन गरेपछि तुरुन्त खोल्न मिल्दैन। यदि कुनै कपडा छुटेको छ भने त्यो एकै लटमा धुन पाइँदैन।

त्यो समस्यालाई समाधान गर्न एड गार्मेन्ट भन्ने बटनलाई तीन सेकेन्ड थिचेपछि अटोमेटिक वासिङ मेसिन पज हुन्छ। अफ हुँदैन पज हुन्छ। पज भएपछि त्यसलाई खोल्न मिल्छ। छुटेको कपडा थप्न मिल्छ। यसमा मन पर्ने कलर उपलब्ध छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .