कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ।
नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने÷गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको कामना सेवाले एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त क्यूआर कोड वितरण गरेको जनाएको छ।
नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहुँच पुुर्याउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्यूआर कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक लि. बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्यूआर बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए।
भने तत् पश्चात् अध्यक्ष पाण्डेले व्यवसायीहरुलाई वितरण गरेका थिए। नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गदै कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै अन्य व्यवसायी संघ संस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिएका थिए।

प्रतिक्रिया