साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ।
लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एकसहित सहायक अधिकृत, सुपरभाइजर/ वरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरिएको छ।
मिति २०७७-१२-१९ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नाे योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ।
गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइ रहेको छ।


प्रतिक्रिया