कारोबार


यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई यस्तो सहुलियत

यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई यस्तो सहुलियत

नेपालखबर
चैत १९, २०७७ बिहिबार १२:४७,

यती एअरलाइन्सले आफ्नो वायुयानमार्फत यात्रा गर्ने यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने भएको छ।

यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

उनले जुनसुकै मुल्यको टिकट खरिद गरी यती एअरलाइन्समार्फत यात्रा गर्ने प्रत्येक यात्रुले ५ सय रुपैयाँ मूल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन्।

एयरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत सामान खरिद गर्दा २ सय रुपैयाँको सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा ३ सय रुपैयाँको ट्राभल भौचर गरी जम्मा ५ सय रुपैयाँ मूल्यबराबरको सहुलियत दिने भएको हो ।

साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्नेछन् ।

उक्त सम्झौतासँगै अप्रिल १ देखि नै यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउनेछन् ।

सो सहुलियत पाउनको लागि ग्यापुमा सामान खरिदको क्रममा इन्टर योर कोड अप्सनमा गई ग्यापुएटदरेट१०० लेख्नुपर्नेछ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा एक्ससीइएल ट्रिप२०० कोड राख्नुपर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad