ad ad

कारोबार


सुन आयातको कोटा बढाउन राष्ट्र बैंकको परिपत्र

सुन आयातको कोटा बढाउन राष्ट्र बैंकको परिपत्र

नेपालखबर
चैत १९, २०७७ बिहिबार १२:२०,

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाउन वाणिज्य बैंकहरुलाई परिपत्र गरेको छ। हाल १० केजी मात्रै आयात भइरहेको सुनको कोटा बढाएर राष्ट्र बैंकले २० केजी पुर्‍याएको हो।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको जनाएको छ।

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो। विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले दैनिक २० किलोबाट सुन आयातको कोटा घटाएको थियो।

कोटा कम हुँदा बजारमा सुनको अभाव भएको भन्दै व्यवसायीले राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्री, उद्योगमन्त्री लगायतलाई भेटेर आयातको कोटा बढाउन माग गर्दै आएका थिए। अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .