कारोबार


सहकारीको प्रभावकारी अनुगमन नहुँदा बेथिती बढ्योः मन्त्री अर्याल

सहकारीको प्रभावकारी अनुगमन नहुँदा बेथिती बढ्योः मन्त्री अर्याल

नेपालखबर
साउन २८, २०७६ मंगलबार ११:१०,

सरकारले सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने भएको छ।

काठमाडौंमा मंगलबार स्वाबलम्बन विकास कोषको २८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारी भित्रको बेथिति रोक्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाउन लागिएको बताएकी हुन्। मन्त्री अर्यालले सहकारीको प्रभावकारी अनुगमन नहुँदा एकै व्यक्ति धेरै संस्थामा बस्ने, पैसा अपचलन गर्ने अनि भाग्ने, फेरि नयाँ ठाउँमा जाने अनि पुरानै धन्दा गर्ने बिकृति बढ्दै गएकोले कर्जा सुरक्षा कोषलाई कडाईका साथ कार्यन्वयनमा लैजान लागिएको स्पष्ट पारे।

अहिले बाणिज्य बैंक र विकास बैंकले कर्जा सुरक्षा कोष अन्तर्गत रहेर निक्षेप संकलनको सूचना र कर्जा प्रवाहको सूचना लिने दिने गर्दै आएका छन्। बिगतमा सहकारी संस्थामा कर्जा सुरक्षा कोष र सूचना आदान प्रदान गर्ने ब्यबस्था लागू गर्ने भनिए पनि हुन नसकेको भन्दै मन्त्री अर्यालले अब कर्जा सुरक्षा कोषको काम ब्यबहारमा प्रभावकारी रुपमा लागू गरिने बताइन्।

मन्त्री अर्यालले सरकारको गरिब लक्षित कार्यक्रम पनि प्रभावकारी रुपमा अगाडी बढाइने पनि जानकारी दिइन्। मन्त्री अर्यालले बिगतमा गरिबको घरमा नपुगी कार्यालय र चौतारामा बसी गरिब घर तोक्ने कारणले सरकारको काम उपलब्धि बिहिन भएको औल्याइन्। मन्त्री अर्यालले अब बिगतको कमजोरी सच्याउँदै गरिब घर पहिचान गर्ने र सहायता उपलब्ध गराउने काम प्रविधि सफ्टवेयर मार्फत हुने बताइन्। प्रविधिलाई कसैले छल गर्न नसक्ने भन्दै मन्त्री अर्यालले पहिचान भएको लक्षित गरिब घरलाई मात्र सरकारले सहयोग उपलब्ध गराउने स्पष्ट पारिन्।

कार्यक्रममा मन्त्री अर्यालले स्वाबलम्बन विकास कोषको कामको प्रसंशा गर्दै नेपालमा लघुबित्तको क्षेत्रमा अग्रणी स्थान रहेको बताइन्। स्वाबलम्बन विकासको लघु कर्जा प्रवाहसँगै आवश्यक सीप पनि दिने कार्यले गरिबी निवारणको सरकारको लक्ष्यलाई सहयोग पुगेको पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .