कारोबार


सिंगटी हाइड्रो आईपीओको बाँडफाँट आगामी हप्ताको शुक्रबार

सिंगटी हाइड्रो आईपीओको बाँडफाँट आगामी हप्ताको शुक्रबार

नेपालखबर
चैत १८, २०७७ बुधबार १४:५५,

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ बाँडफाट आगामी हप्ताको शुक्रबार गर्ने भएको छ। कम्पनीले निष्कासन गरेको आईपीओको बाँडफाँट आगामी साता अर्थात् चैत २७ गते शुक्रवार हुने जनाएको छ।

कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलले चैत २७ गते शुक्रबार आईपीओ बाँडफाँटको तयारी भैरहेको जानकारी दिएको छ।

कम्पनीले चैत ६ गते देखि १० गतेसम्म सर्वसाधारणको लागि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो।

कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख २४ हजार ४८३ जना आवेदकबाट २ करोड ४५ लाख १६ हजार ६०० कित्ताको लागि आवेदन परेको छ। यो आवेदन मागभन्दा ९दशमलव ३४ गुणा बढी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad