कारोबार


वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक

नेपालखबर
चैत १८, २०७७ बुधबार १४:३२,

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ।

नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना संक्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो।

त्यसैगरी एक सातासम्म रातको समयबाहेक अन्य समयमा ठूला मालबाहक सवारी साधन पनि चलाउन रोक लगाइएको नगर प्रमुख बस्नेतले जानकारी दिए।

मालबाहक ठूला सवारी साधन साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालन हुन पाउने छन्। नगरपालिकाले कार्यपालिकाको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई निर्देशनसमेत दिएको छ। नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई पनि अनुरोध गरेको छ।

वायु प्रदूषण बढेपछि सरकारले चार दिनका लागि शिक्षण संस्था बन्द गरेको छ। शुक्रबारसम्मका लागि शैक्षिक संस्था बन्द गरिएका छन्। वायु प्रदूषणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

गत शुक्रबारदेखि धुम्लिएको काठमाडौं उपत्यकाको आकाश अझै खुल्न सकेको छैन। मौसमविद्ले ठूलो हावाहुरी र पानी नपरेसम्म वायुमण्डलमा सुधार नआउने बताएका छन्। यद्यपी बुधबार अपरान्हदेखि सामान्य पानी परेकाले आकाश खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad