भारतीय सहयोगमा निर्मित हुलाकी राजमार्गअन्तर्गतकाे सडक नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिकमन्त्री वसन्त कुमार नेम्वाङलाई हुलाकी राजमार्गअन्तर्गत निर्मित विभिन्न सडकखण्ड हस्तान्तरण गरेका हुन्।
कुल १८ सय ५७ किमि हुलाकी राजमार्गमध्ये ३०५ किमि सडकखण्ड निर्माणसम्पन्न गरी भारतले नेपाललाई हस्तान्तरण गरेको हो।
भारतको ८ अर्ब रुपैयाँ सहयोगमा उक्त खण्ड निर्माण भएको हो।
राजमार्गअन्तर्गत बारा, पर्सा, धनुषा, महोत्तरी, सप्तरी, दाङ, मोरङसहितका जिल्लामा निर्माण भएको सडक आज नेपाललाई हस्तान्तरण गरिएको छ।
नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालमा सडक निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
भौतिकमन्त्री नेम्वाङले पनि सडक निर्माण भई नेपाललाई हस्तान्तरण गरेकोमा आभार व्यक्त गरे।

प्रतिक्रिया