ad ad

कारोबार


कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानीमा सहकार्य

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानीमा सहकार्य

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:२६,

नगदमा आधारित भुक्तानी कारोबारलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ।

सम्बन्धित संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिका बीच यस सहकार्यबारे आधिकारिक हस्ताक्षर भएको हो।

बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापतिलगायत उपाय सिटी कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझीे र एफ१ सफ्ट इन्टरनेशनलका विश्वास ढकाल र युके एडअन्तर्गतको सीपका नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता रहेको थियो।

उपाय सिटी कार्गोसंग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको उल्लेख गरिएको छ।

सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन्सलगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीतिअनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।

हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिप्रेक्ष्यमा व्यापक रुपमा विस्तार भइरहेको छ।

आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .