बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके इकम यूएसडी’ प्रिपेड कार्ड सेवा सुरु गरेको छ।
यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रतिवर्ष पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवाबापत अनलाइन भुक्तानी गर्न सक्नेछन्।
इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन उपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ।
प्रतिक्रिया