ad ad

कारोबार


सेयरबजार राताम्य, ४ अर्ब ४१ करोडको कारोबार

सेयरबजार राताम्य, ४ अर्ब ४१ करोडको कारोबार

नेपालखबर
चैत १६, २०७७ सोमबार १०:२,

आज सेयरबजार ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ५.४५ अंकले र सेन्सिटिभी सूचक शून्य दशमलव ३९ अंकले घटेको हो।

आइतबार होलीको विदापछि सोमबार साताको पहिलो कारोबार दिन आज २०९ कम्पनी कारोबारमा सामेल भएका छन्।

दिनभरिमा ६४ हजार ५ सय १५ पटकको खरिदबिक्रीपछि ४ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ।

कुल १३ समूहमध्ये आज जलविद्युत्, माइक्रोफाइनान्स र फाइनान्सको कारोबार सूचक हरियो भए पनि बाँकीको राताम्य छ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोडको सर्वाधिक कारोबार भएको छ। त्यसपछि माथिल्लो तामाकोशीको ३८ करोडको, चन्द्रागिरि हिल्सको ३७ करोडको, नेपाल बंगलादेश बैंकको १४ करोडको कारोबार भएको छ।

आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशत कमाएका छन्। अजोड इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था, समिट लघुवित्तका लगानीकर्ताले पनि सोही हाराहारीमा आम्दानी गरेका छन्।

गुमाउने लगानीकर्ताले आज ७.१७ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .