विगत केही समसयदेखि निरन्तर रुपमा बढ्दै आएको सुनको मूल्य मंगरबार पुनः एक हजारले बढेको छ।
यो बृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार पुगेको छ। नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै उच्च भएको बताइएको छ।
नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार र तेजाबी सुनको मूल्य ७० हजार ७ सय तोकेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८३५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेपछि नेपाली बजारमा पनि त्यसको असर परेको बताइएको छ।
चाडबाड नजिकिएसँगै सुनको मूल्य बढेपछि पसलमा सुन किन्नेभन्दा बढी बेच्चेनको भिड देखिन थालेको छ। सुनचाँदी व्यवसायीले कारोबारमा ८० प्रतिशतसम्मले गिरावट आएको बताएका छन्।
बजारमा सुनको मूल्यमा गिरावट आएपछि बैंकमा भने सुन थुप्रिएको छ। सुनको कारोबारमा गिरावट आएपछि व्यवसायीले सुन नउठाउँदा बैंकमा सन थुप्रिएको हो। वाणिज्य बैंकहरुमा हाल ७ सय किलो सुन रहेको बताइएको छ।

प्रतिक्रिया