कारोबार


त्रिभुवन विमानस्थलको आकाश खुल्यो, अब जहाज अवतरण गर्नसक्ने

त्रिभुवन विमानस्थलको आकाश खुल्यो, अब जहाज अवतरण गर्नसक्ने

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ११:२८,

करिब ३ घण्टापछि त्रिभुवन विमानस्थलको आकाश खुलेको छ।

त्रिभुवन विमानस्थलले भिजिबिलिटी १६ सय मिटर भएको जनाएको छ ।

‘अहिले भिजिविलिटी १६ सय मिटरसम्म पुगेको छ’, विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले भने, ‘अब जहाज अवतरण गर्न सक्छन्।’

दिउँसाे २ बजेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण गर्नसकेका थिएनन्।

प्रवक्ता कर्णले आन्तरिक उडान डाइभर्ट गरिएको र अन्तर्राष्ट्रिय उडानलाई होल्ड गरिएको जानकारी दिए।

यो पनि -
भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त, जहाज अवतरण गर्न सकेनन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .