नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड’ सुरू गरेको छ।
भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झटमुक्त ५ सय अमेरिकी डलर प्रतिवर्षको सारा विश्वभर ई–कमर्स भुक्तान गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया