कारोबार


डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा अफर

डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा अफर

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ११:४,

अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन्।

डिशहोम फाइबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाइदा लिन सक्ने भएका हुन्।

डिशहोमकोे रिचार्ज गरी मासिक, त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पिडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन्।

डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासँगै आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भीओडीमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन्।

डिशहोम गो वेबमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्। साथै एक्सभीओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शुल्क आफ्नै समयमा हेरेर मजा लिन सक्ने कम्पनीले जनाएको छ।

नेपालमै टिभीको रिचार्ज गर्दा इन्टरनेटलगायत डिशहोम गो, डिशहोम गो वेब र एक्सभीओडी निःशुल्क उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ।

डिशहोम फाइबरनेटले हाल बजारमा १० एमबीपीएस, २५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad