कारोबार


पाँच कम्पनीले छली गरे ५६ करोड राजस्व, विभागले हाल्यो मुद्दा

पाँच कम्पनीले छली गरे ५६ करोड राजस्व, विभागले हाल्यो मुद्दा

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १०:४७,

पाँचवटा कम्पनीले ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

विभागले राजस्व ठगी गर्ने पाँचवटै कम्पनीका सञ्चालक र बैंक खाता सञ्चालकविरुद्ध जरिवाना र कैद मागदाबीसहित शुक्रबार उच्च अदालतमा मुद्दा दर्ता गरेको हो।

विभागले पर्सामा रहेको ओम श्रीराम इन्टरप्राइजेज, सिरहामा रहेका एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरीमा रहेको द भिजन इन्टरप्राइजेज, पर्साकै गुरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि र उदयपुरमा रहेको एनआईसी ट्रेडर्सविरुद्ध राजस्व ठगीमा मुद्दा दर्ता गरेको जनाएको छ।

विभागका अनुसार ओम श्रीरामका प्रोपाइटर वीरेनद्र राम चमारले २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपैयाँ राजस्व ठगी गरेका छन्।

त्यस्तै, एभरेष्टका प्रोपाइटर महेश हजाराले १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ, द भिजनका प्रोपाइटर दुर्गेशकुमार झा र उक्त फर्मका बैंक खाता सञ्चालक नसिब कुमार झाले १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपैयाँ, गुरु गणेशका सञ्चालक सुरेश सहनी मलाह र उक्त कम्पनीको बैंक खाता सञ्चालक राम प्रसाद महतोले ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपैयाँ तथा एनआईसी ट्रेडर्सका प्रोपाइटर भुपेन्द्र कार्की र उक्त कम्पनीको बैंक खाता सञ्चालक समेतले ४३ लाख ४७ हजार ६ सय ३० रुपैयाँ राजस्व ठगी गरेका छन्।

सबै अभियुक्तविरुद्ध राजस्व ठगीबराबरकै बिगो रकम भराउन मागदाबी गरिएको छ। उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कैद सजाय समेत मागदाबी गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad