नेपालमा पछिल्लो २४ घन्टामा देशभर १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ४१६ जनाको पीसीआर परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालका कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १ हजार २९९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको निधन भएको छ। योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ३ हजार २४ पुगेको छ।
यही समयमा देशभर ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। ७० जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै हाल देशभर ५२ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय ९९ जना संक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया