कारोबार


चिडियाखानाका हात्तीको आहाराका लागि वनमन्त्रीले दिए सवा लाख रुपैयाँ

चिडियाखानाका हात्तीको आहाराका लागि वनमन्त्रीले दिए सवा लाख रुपैयाँ

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ९:३१,

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन्।

मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गरे। कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको संख्यामा कमी भएको र जनावरलाई आहाराका लागि रकम अभाव भएका कारण मन्त्री आलेले रकम प्रदान गरेका उनका निजी सचिव रविन ग्यालनले जानकारी दिए।

चिडियाखानामा रहेका जनावरका लागि आहारामा समस्या भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २५ औँ वर्षका अवसरमा जनावरको आहारा र व्यवस्थापनका लागि ‘एडप्ट एनिमल’ भन्ने अभियानसमेत शुरुआत गरेको थियो। उक्त अभियानलाई साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिँगे गैँडाका लागि एक महिनाको आहाराका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

उनले भने, ‘कोरोनाले चिडियाखाना बन्द भएपछि जनावरको आहारा व्यवस्थापनका लागि समस्या भयो, प्रधानमन्त्रीज्यूसहित २१ जनाले आहारा व्यवस्थापनका लागि आर्थिक सहयोग दिने प्रतिबद्धता जनाउनुभएको छ, रकम आउने क्रम जारी छ, आहाराका लागि अब केही सहज हुने छ।’

वनमन्त्री आलेले चिडियाखानामा रहेका जनावरको आहारा तथा व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे। सो रकमले हात्तीका लागि एक महिनाको खाना व्यवस्थापनमा निकै सहज हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad