कारोबार


राजकुमार ह्यारी अब सिलिकन भ्यालीका जागिरे !

राजकुमार ह्यारी अब सिलिकन भ्यालीका जागिरे !

नेपालखबर
चैत ११, २०७७ बुधबार ८:४९,

बेलायती राजपरिवार सदस्य ह्यारीले प्रविधिको राजधानी मानिने सिलिकन भ्यालीको स्टार्टअप बेटरअपमा जागिर सुरु गरेका छन्।

सीएनएनका अनुसार चिफ इन्प्याक्ट अफिसरका रुपमा अमेरिकामा उनको जागिरे जीवन सुरु भएको हो।

कम्पनी र ह्यारीका प्रवक्ताले यसको पुष्टि समेत गरिसकेका छन्।

बेटरअपले सेवाग्राहीलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षणको काम गर्छ।

कम्पनीको वेबसाइटमा बेटरअपको नेतृत्वपंक्तिमा ह्यारीको नाम थपिएको छ। ह्यारीलाई त्यहाँ ‘मानवतावादी, सैन्य अनुभवी, मानसिक स्वास्थ्यको पक्षमा बोल्ने र वातावरणवादी’का रुपमा चिनारी दिइएको छ।

ओप्रा विन्फ्रेलाई चर्चित अन्तर्वार्ता दिएको एक हप्तापछि ‘डुचेस अफ ससेक्स’ कुनै कम्पनीमा जागिरे भएका हुन्।

prince harry betterup23

बेलायती राजपरिवार सदस्यको महत्वपूर्ण भूमिका छोडेका राजकुमार ह्यारी दम्पतीले बेलायत नै छोड्ने निर्णय लिएको थियो।

अहिले उनी श्रीमती मेगनसँगै क्यालिफोर्नियामा बसिरहेका छन्। राजकीय जीवनले मानसिक स्वास्थ्य जटिल बनाएको उनले केही दिनअघि दिएको अन्तर्वार्तामा खुलासा गरेका थिए।

ह्यारीले बेटरअप स्टार्टअपमा आबद्ध भएको सर्वप्रथम द वालस्ट्रिट जर्नलले समाचार सार्वजनिक गरेको थियो।

कम्पनीमा ह्यारीको भूमिका प्रोडक्ट स्ट्राटेजी डिसिजन र च्यारिटेबल कन्ट्रिब्युसनका साथै सार्वजनिक मानसिक स्वास्थ्यसम्बन्धी हुनेछ।

यद्यपि उनी कम्पनीमा कति तलब खाने हिसाबले आबद्ध भएको भन्ने खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad