ad ad

कारोबार


सीजीको नयाँ वर्षलाई लक्षित नयाँ उपहार योजना

सीजीको नयाँ वर्षलाई लक्षित नयाँ उपहार योजना

नेपालखबर
चैत १०, २०७७ मंगलबार १४:३२,

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नाे ‘सीजी राम्रो, गर्वका साथ हाम्रो’ नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ।

आफ्नै नेपालको उत्कृष्ट ब्राण्डका रुपमा प्रस्तुत सीजी ब्राण्डले यस योजनासँगै नेपालीहरुको यो नयाँ वर्ष झनै हर्षमय हुने कम्पनीको विश्वास रहेको छ।

यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सीजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, रु. ५४ हजार दुई सयसम्मको आकर्षक बचत तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्नेछन्।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सीजी ब्राण्डका एलईडी टिभीको खरिदमा ३ वर्षको वारेन्टी र आकर्षक छुट, मल्टिडोर र साईड बाई साईड रेफ्रिजरेटरहरुको खरिदमा १० वर्षको वारेन्टी र सीजी मिक्सर प्राप्त गर्न सक्नेछन्। त्यस्तै सिङगल डोर र डबल डोर रेफ्रिजरेटरहरुको खरिदमा १० बर्षको वारेन्टी र आकर्षक छुट प्राप्त गर्नेछन्।

सीजी ब्राण्डका फ्रन्ट लोड वाशिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा सीजी मिक्सर प्राप्त गर्नेछन् र टप लोड तथा टुईनटबको खरिदमा १२ महिनाको वारेन्टी तथा सीजी आइरनका साथै आकर्षक छुट प्राप्त गर्नेछन्।

यसैगरी सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेण्टी र ट्रले तथा मल्टिमिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेण्टी प्राप्त गर्न सकिनेछ। डिसवासरको खरिदमा सीजी मिक्सर प्राप्त गर्न सकिनेछ।

माइक्रो वोभनमा १२ महिनाको वारेण्टी, कुकिङ किट र आकर्षक छुट अनि एसीमा ६० महिनाको वारेण्टी, नि शुल्क जडान र आकर्षक छुट प्राप्त गर्न सकिनेछ।

यो आकर्षक योजना कम्पनीले यही चैत १० गतेदेखि देशभरमा सिमित अवधिका लागि लागू गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .