कारोबार


इटहरीमा वैशाखदेखि सञ्चालनमा आउँदै छ पाँचतारे होटल, १ अर्ब ३० करोड लगानी

इटहरीमा वैशाखदेखि सञ्चालनमा आउँदै छ पाँचतारे होटल, १ अर्ब ३० करोड लगानी

नेपालखबर
चैत १०, २०७७ मंगलबार ७:२२,

वैशाखबाट इटहरीमा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ।

पाँच वर्षअघि सुरु भएको होटल अर्को महिनादेखि सञ्चालनमा आउने भएको हो।

पूर्वको व्यापारिक केन्द्रको रुपमा रहेको इटहरीमा सुविधासम्पन्न होटल खुल्दा नेपालसहित भारतीय ग्राहकलाई ल्याउन सजिलो हुने होटलले जनाएको छ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा होटल निर्माण भएको हो।

होटल निर्माणको लागि १ अर्ब ३० करोड खर्च भएको बताएको छ। इटहरीबाटै पूर्वको श्रीअन्तु, उत्तरमा भेडेटार, राजारानीसँगै मकालु वरुण क्षेत्र, इलामसम्म आवातजावत गर्न सकिनेछ।

एक बिघा क्षेत्रफलमा फैलिएको होटलमा प्रेसिडेन्सियल सुइट रुम १, सुइट रुम ८, एक्जुक्युटिभ रुम १२, डिलक्स रुम २२ र स्ट्यान्डर्ड रुम ४७ वटा छन्।

होटलमा तीन वटा रेस्टुरेन्ट हुनेछन्। यसमध्ये ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ। ४० जना क्षमताको क्याफे एन्ड बेकरी छ।

एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुईवटा ब्यान्क्वेट हल हुनेछन्। होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पालगायतका सुविधा रहनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad